लन्डन, ११ असार । विश्वकपका खेलमा लगातार तीन जित निकाल्दै मेक्सिको समूह ए को विजेता बनेको छ । तेस्रो खेलमा चेकियालाई ३–०ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो । मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले…