खेलकुद महासंघको अध्यक्षमा दिपेन्द्र दाहाल चयन

काठमाडौं, १६ असार । नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्षमा दिपेन्द्र दाहाल चयन हुनुभएको छ । महासंघको आजको बैठकले दाहाललाई अध्यक्षमा चयन गरेको हो । दाहाल यस अघि महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो । महासंघका अध्यक्ष पर्शुराम बस्नेत पार्टी केन्द्रीय सदस्य भए पछि सो पदबाट राजिनामा दिनुभएको थियो । बस्नेतको राजिनामा स्विकृत गदै दाहाललाई अध्यक्ष चयन गरेको हो…