काठमाडौं, २४ असार। फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनल चरण सम्पन्न भएसँगै अन्तिम आठ टोलीको टुंगो लागेको छ। स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि क्वाटरफाइनलको पूरा समिकरण बनेको हो। क्वाटरफाइनलमा युरोपका ६ टोली, दक्षिण अमेरिकाबाट १ र अफ्रिकाबाट १ टोली पुगेका छन्। साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, इंग्ल्यान्ड, बेल्जियम, स्विट्जरल्यान्ड, नर्वे र मोरक्को उपाधि होडमा कायम…