त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं, १ साउन । त्रिदेशीय टी–२० अन्तर्राट्रिय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि जीत निकालेको छ । हिजो जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्‍यो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८ ओभर २ बलमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १…