काठमाडौं, १४ मंसिर । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ ।लिगमा चौथो जित हात पार्दै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो ।विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा…