मकवानपुर, ११ साउन । मकवानपुर मनहरी गाउँपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मनहरी वडा नं. ७ रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नं. को ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै बा.प्र.०३–०४ प ११६२ नं. को स्कुटरलाई…