गोरखा, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग पीएसओ माग गरेको छ ।गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा उम्मेदवार गुरुङलाई सुरक्षा खतरा बढेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेको हो।पार्टीका जिल्ला सचिव मिलन रानाले हस्ताक्षर गरेको पत्रमार्फत…