११ औं महाधिवेशन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ११ औं महाधिवेशनको तयारीमा रहेको एमालेले यही कात्तिक १५ गते बस्नेगरी बैठक बोलाएको हो । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको ११ औं महाधिवेशन पोखरामा मंसिर २७–२९ मा गर्ने निर्णय गरिसकेको…