काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल भयो । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी हुनुहुन्थ्यो। राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको…