अध्यक्ष ओलीको आग्रह–प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाऔं

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको दाबी गर्नुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । एमालेले मतदान नै नगरेर सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नरोक्ने उहाँको भनाइ थियो । ‘मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मतीले…