काठमाडौं, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमवार राष्ट्रपति भवन शितल निवासमा एसिसी पुरुष यु—१६ इस्टजोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी…