रुकुम पूर्वमा प्रचण्डको दौडाहा : ‘जेन–जीका नेताले प्रधानमन्त्री बनाउनुपर्ने रहेछ भन्न थाले’

काठमाडौं, ४ फागुन  । पुष्पकमल दाहाल यतिबेला आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व मा चुनावी दौडाहामा हुनुहुन्छ। नेपाली कम्युनिस्ट पार्टी का संयोजक दाहाल बिहानदेखि साँझसम्म टोल–टोलमा कार्यकर्तासँग भेटघाट तथा मतदातासँग संवादमा व्यस्त हुनुहुन्छ। आज बिहान मैकोटबाट कोल पुग्नुभएका उहाँले फल्नै गर्खानी, कोल, गोलखाडा, राङ्सी, नाखा र चारगाउँका मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। भेटघाटका क्रममा…