छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड, दुर्गा प्रसाईं ‘अस्वीकार्य’

काठमाडौं, २६ भदौ । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ । आज केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् । केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन् संसद् विघटन गरेर बालेन्द्र शाह (बालेन), हर्क साङपाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि…