प्युठानमा शक्ति परीक्षण : अनुभव र नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा

काठमाडौं, ११ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यसपटक अनुभव, संगठनको बल र नयाँ पुस्ताको उपस्थितिबीच रोचक प्रतिस्पर्धा देखिएको छ। मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट…