काठमाडौँ, २७ भदौ । सोसलिष्ट इन्टरनेशनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा भदौ २३ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो…