रास्वपामा उठ्यो रविले सभापति पद छाड्नुपर्ने माग

काठमाडौं, ७ असोज । सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज रास्वपाभित्र उठेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम, कोशी, लुम्बिनी र गण्डकी प्रदेश सभापतिहरूले मुद्दाको किनारा नलागेसम्म रविले सभापति पदमा नबस्नुपर्ने प्रस्ताव राखेका हुन्। रविमाथि सहकारी ठगी र संगठित अपराधसहितका मुद्दा चलिरहेका छन्। हाल उनी…