बर्दियामा नागरिकता नपाएर युवतीले आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन

काठमाडौं, २१ मंसिर । गृह मन्त्रालयले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको घटना छानबिनका लागि समिति गठन गरेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले सचिवस्तरीय निर्णय अनुसार समिति गठन गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति…