एमाले महाधिवेशनको आज चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल

काठमाडौं, १ पुस। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन मंगलबार भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ।सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएको हो। मंगलबार बिहानैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। विभिन्न प्यानलका समर्थकहरू आ(आफ्ना नेताको पक्षमा…