काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि शुरु हुने भएको छ।भृकुटीमण्डपमा आइतबारदेखि शुरु भएको विशेष महाधिवेशन सोमबार भने बन्दसत्रको चरणमा प्रवेश गर्न लागेको हो। व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न…