प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

काठमाडौं, १५ असार।  प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक(२०८२ पारित भएको छ। आइतबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसमाथि छलफल भई मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको…