काठमाडौं, २१ असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटनको अनगिन्ती सम्भावना रहेको बताउनुभयो ।…