काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा सुरक्षाकर्मीको टोली बढाइएको छ । कांग्रेसको केन्द्रीय समितिले बुधबार महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेपछिको उत्पन्न अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीको टोली बढाइएको हो । काठमाडौं प्रहरीका अनुसार, देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी…