काठमाडौं, ११ साउन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित विस्तारित बैठकमा महासचिव पोखरेलले हरेक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रणालीलाई आधार मानेर…