ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । एमाले…