भारतीय विदेश सचिव काठमाडौँ आउँदै: प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिने

काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउने हुनुभएको छ । उहाँ आगामी भदौ १ गते काठमाडौँ आउने स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन।…