काठमाडौं, ५ साउन । नेपाली कांग्रेस पार्टीभित्र शेखर कोइरालाको पक्षमा ६० प्रतिशत सांसद रहेको सांसद डाक्टर सुनिल कुमार शर्माले दाबी गर्नु भएको छ । आइतबार काठमाडौंमा पार्टीका सांसद तथा कोइराला पक्षधर नेताहरूसँगको भेटघाट पछि सञ्चारकर्मीहरूसँग बोल्दै मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले पार्टी भित्र ६० प्रतिशत सांसद शेखर कोइरालाको पक्षमा रहेको बताउनु भएको…