काठमाडौं, ३ भदौ । गृहमन्त्री रमेश लेखकले जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाइएको बताउनुभएको छ । विश्व मानवता दिवस–२०२५ का अवसरमा काठमाडौंमा आजदेखि सुरु भएको ‘नेपाल मानवीयता सम्मेलन’को उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाल भौगोलिक अवस्थाकै कारण विपतको उच्च जोखिममा रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । कानुन र…