बागमती। बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उहाँले बताउनुभयो…