काठमाडौं, २३ साउन । नेकपा एमालेका सचिव लेखराज भट्टले केपी ओली निकै दूरदर्शी रहेको बताउनुभएको छ। शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको प्रशंसामा भट्टले भन्नुभयो, ‘केपी ओली यहाँ कञ्चनपुरमा उभिएर काठमाडौं होइन, मेचीसम्म पनि हेर्नुहुन्छ, देख्नुहुन्छ। मैले देख्छु नारायणघाटसम्म । धेरै देखे काठमाडौंसम्म।’ ओलीलाई छोटो समयमा बुझ्न नसकिने भन्दै उहाँले विशेष अध्ययनको आवश्यकता रहेको बताउनुभयो।…