सङ्खुवासभा, १३ कात्तिक । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो । प्रतिकूल मौसमका कारण मङ्गलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा…