पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पठाउन सहमति दिएको हो । अर्थमन्त्री तथा प्रवक्ता डा. टकराज गुरुङले विधेयक संसद्मा पठाउन सहमति दिइएको जानकारी गराए । प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने विधेयक संसद्बाट पारित गरिसकेको छ । अब गाँजा खेतीलाई पनि वैधानिकता दिन प्रयत्न गरिएको…