रविको मुद्दा फिर्ता गराउन गोप्य गृहकार्यमा महान्यायाधिवक्ताको कार्यालय

काठमाडौं, ३० पुस । सरकारले रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन गृहकार्य शुरू गरेको खुलेको छ। रविले दिएको निवेदनको आधारमा सहकारी ठगीको अभियोग कायमै राखेर बाँकी दुई मुद्दा फिर्ता लिन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा महान्यायाधिवक्ता कार्यालयले गृहकार्य सुरू गरेको उच्च स्रोतले पुष्टि गर्यो। ठगीको अभियोग कायमै रहँदा सांसदको रूपमा…