कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं, ३० पुस । फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् । सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् ।देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह(महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने…