निर्वाचन आयोगलाई कांग्रेसको आधिकारिकता विवाद छिटो टुंग्याउनुपर्ने दबाब

काठमाडौं, २ माघ । फागुन २१ गतेको चुनावी तयारी र व्यवस्थापनमा जुटेको निर्वाचन आयोगलाई नेपाली कांग्रेसको आधिकारिकता विवाद छिटो टुंग्याउनुपर्ने दबाब बढेको छ । पार्टी विभाजनलगत्तै कांग्रेसका दुवै पक्ष आफू नै आधिकारिक भन्दै निर्वाचन आयोग पुगिसकेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले विवरण अद्यावधिक गर्न हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको छ…