दिउँसो हल्कादेखि मध्यम राति हल्कादेखि भारी वर्षा हुने

काठमाडौं, ३ साउन । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।…