काठमाडौं, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले समाजका विभिन्न क्षेत्र, व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै आयोगले यस्ता अभिव्यक्ति तत्काल बन्द गर्न पनि आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर जेन–जी आन्दोलनपछि नयाँ सरकार बनेको र चुनावको घोषणा भएको अवस्थामा घृणाजन्य अभिव्यक्ति सार्वजनिक…