काठमाडौं, १३ भदौ । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गर्नुभएको थियो संघर्ष समितिले भने आन्दोलन नरोकिने तर स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको…