काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का नेताहरूले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् । आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताउनुभयो । सार्ववजनिक संरचनाहरूमा आगजनी…