काठमाडौं, १३ असोज । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट जस्ता घटनामाथि अनुुसन्धान नगर्न गृहमन्त्रालयले जारी गरेको निर्देशनप्रति नेपाल बारले आपत्ति जनाएको छ। बारले आइतबार विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको क्षेत्राधिकार भन्दै प्रहरीलाई घटनामाथि अनुसन्धान नगर्न दिएको निर्देशनले देशलाई थप संकटमा लैजाने दाबी गरेको हो। बारका महासचिव केदार कोइराला जारी गरेको…