काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ । केन्द्रीय कार्यालय सानेपामा आज पदबहाली गरेपछि उहाँले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो । ‘यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति’, सभापति थापाले उल्लेख…