काठमाडौं, १२ असोज । गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरीले दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा उनीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ । भागेकामध्ये झन्डै आठ हजार जना कैदीहरू कारागार फर्किएका छन् भने…