सोलुखुम्बु, १० असोज । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जोखिमयुक्त…