नारायणगढ, ११ असोज । त्रिशूली नदीले सडक कटान गर्दा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा सडक भासिएको छ । आइतबार बिहान करिब ८ः४५ बजे नदीको कटानका कारण सडक भासिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक भासिएपछि हाल एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ । यसैबीच, अविरल वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुबान भएको छ ।…