काठमाडौं, ८ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपना असफल भएको बताउनुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पार्टी उपाध्यक्ष समेत रहनुभएका पौडेलले एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि फुटाउने कोशिस गरेका तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको…