रूपन्देही, १३ असोज । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ। मंगलबार बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यवसायीसँग सरसल्लाह गरी औद्योगिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र…