चोलेन्द्रलाई पक्राउ गरेको भन्दै एमालेको आपत्ति, महरले सोधे– थ्रेट दिने को हुन् ?

काठमाडौं, १२ असोज । नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले जबराविरुद्ध कुनै कसुर वा अभियोग भए तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले पूर्वाग्रह, प्रतिशोध वा विरोधका आधारमा व्यक्तिलाई तर्साउने र नियन्त्रणमा लिने गरेको आरोप लगाउँदै उहाँले…