काठमाडौं, १ माघ । सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ । कालिमाटी गाउँपालिका–६ र ७ स्थित घुइयावारी क्षेत्रमा विगत एक साताको अवधिमा पाटेबाघले स्थानीय धनसरा रावत र चन्द्रबहादुर खप्तडी मगरसहित तीन जनाको ज्यान लिएको छ भने दुई वटा घरपालुवा पशु गोरु…