काठमाडौं, ९ असोज । पर्सामा गोली चल्दा एक किशोर घाइते भएका छन्। घाइते हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका अन्दाजी १६ वर्षीय गोलु आलम धुनिया रहेका छन्। तिघ्रामा गोली लागेर घाइते भएका उनको अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार छिपहरमाई नगरपालिका(५ भिस्वा बजारस्थित गाउँपालिका कार्यालय पछाडिको सडकमा बिहीबार साँझ दुई समूह बीचको…