दाङमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जुवाडे पक्राउ

दाङ । दाङको घोराहीमा एक वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरपालिकाकै कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट ३ लाख ४५…