काठमाडौं, २४ असार । भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गर्नुभएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उहाँले…