सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

काठमाडौं, २१ माघ । निर्वाचन आयोगले सामाजिक सञ्जालको दुरूपयोगमार्फत निर्वाचनको माहौल धमिल्याउने प्रयास हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीले निर्वाचन प्रक्रियामा प्रविधिको दुरूपयोग हुनसक्ने सम्भावनाप्रति आयोग सजग रहेको बताउनुभयो। उहाँका अनुसार प्रविधिको गलत प्रयोगले निर्वाचन प्रक्रियामा गम्भीर असर पार्न सक्ने भएकाले आयोगले सम्भावित जोखिमहरूको आँकलन गर्दै…