काठमाडौं, १८ असार । विशेष अदालत काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप ६ दिनको म्याद दिएको छ। न्यायाधीश हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। सम्पत्ति शुद्धीकरण कसूरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। पौडेल हाल सानेपास्थित प्रहरी हिरासतमा छन्। यसअघि दिएको म्याद सकिएपछि…