निष्पक्ष र निर्भयताको कुरामा विश्वस्त छैनौं –एमाले

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव शंकर पोखरेलसहितका एमाले नेताहरूसँगको छलफलमा कार्कीले चुनावमा सहयोगका लागि आग्रह गर्नुभएको हो । एमाले नेताहरूले भने कार्की नेतृत्वको सरकारको संवैधानिक परीक्षण नै बाँकी रहेकाले पहिला…