प्रधानमन्त्रीओलीबाट चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन

काठमाडौं, १५ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गर्नुभएको छ । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ ।