रुकुमपश्चिम, २ साउन । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज बिहान त्रिबेणी गाउँपालिका १ रुँघाबाट मुसीकोटको खंलगातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्वरको जिप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा…